ढुङ्गा निकाल्ने क्रममा पहिरो झर्दा एकको मृत्यु, एकजना घाइते
अछाम | माघ २७, २०८१
अछाम: जिल्लाको मेल्लेख गाउँपालिका–५ को कौलेनामा पहिरो झरेर पुरिँदा एकजनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् ।
आज दिउँसो ढुङ्गा निकाल्ने क्रममा एक्कासि माथिबाट पहिरो झर्दा मेल्लेख–५ का ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोही पहिरोमा परी मृततका भतिजा ४८ वर्षीय भीमबहादुर खड्का घाइते भएका छन् ।
घाइतेको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेको जनाउँदै प्रनाउ भण्डारीले उहाँलाई थप उपचारको लागि मेल्लेख गाउँपालिकाको एम्बुलेन्समार्फत न्याय हेल्थ अस्पताल बयालपाटा पठाइएको बताउनुभयो ।
उहाँका अनुसार प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद लामिछानेको नेतृत्वमा प्रहरी टोली खटाएर घटनाबारे थप अनुसन्धान थालिएको छ ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

